logo

२०८३ भाद्र २२ सोमबार

logo
  • २०८३ भाद्र २२ सोमबार
  • भोटेकोशी बाढीका कारण २३औँ निजामती सेवा दिवसका कार्यक्रम रद्द

    727Shares
    भोटेकोशी बाढीका कारण २३औँ निजामती सेवा दिवसका कार्यक्रम रद्द

    काठमाडौं । आज २३औँ निजामती सेवा दिवस मनाइँदैछ । नेपालमा निजामती सेवा गठन भएको लामो समयपछि विसं २०६२ भदौ २२ गतेदेखि औपचारिक रूपमा निजामती सेवा दिवस मनाउन थालिएको हो ।

    विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्य नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिनको स्मरणमा हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिएको छ । हाल नेपालमा करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् ।

    तर, यस वर्ष भने सरकारले २३औँ निजामती सेवा दिवसका लागि तय गरिएका सम्पूर्ण कार्यक्रम रद्द गरेको छ ।

    निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले कार्यक्रम रद्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार रसुवागढीस्थित नेपाल–चीन सीमाक्षेत्रमा आएको भीषण बाढीबाट उत्पन्न विपद्का कारण मुलुक शोकमा रहेको तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरू खोज, उद्धार तथा राहत कार्यमा खटिनुपर्ने अवस्थालाई ध्यानमा राख्दै यस वर्षका सबै कार्यक्रम रद्द गरिएको हो ।

    सरकारले २३औँ निजामती सेवा दिवसका लागि विनियोजन गरिएको बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट