logo

२०८३ भाद्र २२ सोमबार

logo
  • २०८३ भाद्र २२ सोमबार
  • बाढीपहिरो प्रभावितका लागि कांग्रेसले दियो एक करोड रुपैयाँ

    823Shares
    बाढीपहिरो प्रभावितका लागि कांग्रेसले दियो एक करोड रुपैयाँ

    काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।

    कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार एक करोड रुपैयाँ बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

    चेक हस्तान्तरण कार्यक्रममा महामन्त्री पौडेलसँगै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य र प्रमुख सचेतक बासना थापालगायत नेताहरू सहभागी थिए ।

    विपद्को घडीमा प्रभावित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार तथा सुरक्षित आवासको व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले सरकारलाई उक्त रकम उपलब्ध गराइएको महामन्त्री पौडेलले बताए । उनले संकटका बेला नेपाली कांग्रेस बाढीपहिरो प्रभावित नागरिकको साथमा रहेको पनि बताए ।

    महामन्त्री पौडेलले त्रिशूली र भोटेकोशी आसपासका क्षेत्रमा बाढीपहिरोका कारण सुरुङमार्गलगायत विभिन्न स्थानमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

    उनले प्रभावित नागरिकको उद्धार तथा भत्किएका पूर्वाधारको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरे । साथै, राहत वितरणलाई पारदर्शी बनाउन र आगामी दिनको विपद् व्यवस्थापनलाई थप चुस्त, प्रभावकारी तथा व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराए ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट