logo

२०८३ मंसिर १२ शुक्रबार

logo
  • २०८३ मंसिर १२ शुक्रबार
  • दशौँ राष्ट्रिय खेलकुद : बास्केटबलका क्वार्टरफाइनल खेल आज

    808Shares
    दशौँ राष्ट्रिय खेलकुद : बास्केटबलका क्वार्टरफाइनल खेल आज

    काठमाडौं । जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबलको समूह चरणका खेल सम्पन्न भएसँगै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने टोलीहरूको टुङ्गो लागेको छ ।

    महिला बास्केटबलतर्फ फूल कोर्ट र थ्री बाइ थ्री दुवै विधाका क्वार्टरफाइनल खेल आज शुक्रबार सञ्चालन हुँदैछन् ।

    सुर्खेतमा हुने फूल कोर्टतर्फको पहिलो क्वार्टरफाइनलमा बिहान ९ बजे सशस्त्र प्रहरी बल (एपीएफ) र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि बिहान १० बजे सुदूरपश्चिम र लुम्बिनी, ११ बजे कोशी र नेपाल प्रहरी तथा दिउँसो १२ बजे नेपाली सेना र बागमती प्रदेश आमनेसामने हुनेछन् ।

    त्यस्तै, थ्री बाइ थ्रीतर्फ दिउँसो १:३० बजे नेपाली सेना र गण्डकी प्रदेश, १:५० बजे बागमती र लुम्बिनी, २:१० बजे सुदूरपश्चिम र एपीएफ तथा २:३० बजे नेपाल प्रहरी र कर्णाली प्रदेशबीच क्वार्टरफाइनल भिडन्त हुनेछ ।

    सबै खेल कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुनेछन् । क्वार्टरफाइनलमा विजयी हुने टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन् ।



    फास्ट न्युज    
  • २०८३ मंसिर १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट