logo

२०८३ मंसिर ११ बिहीबार

logo
  • २०८३ मंसिर ११ बिहीबार
  • नवलपुरमा जन्ती बोकेको बोलेरो र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते

    898Shares
    नवलपुरमा जन्ती बोकेको बोलेरो र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते

    नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका–११, अरुणखोलास्थित बाहुनीकुनामा जन्ती बोकेको बोलेरो जिप र ट्र्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

    दुर्घटनामा परी विनयी त्रिवेणी गाउँपालिका–४ निवासी ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

    प्रहरीका अनुसार कावासोती नगरपालिका–१६, डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको लु २ च ८९९७ नम्बरको बोलेरो जिप र लु २ त २४१७ नम्बरको ट्र्याक्टर एकआपसमा ठोक्किएका थिए ।

    दुर्घटनामा घाइते भएका ८ जनाको चितवन मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये अस्विन चौधरी र निर्मल चौधरीको अवस्था गम्भीर रहेको डिएसपी पण्डितले बताए ।

    दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–४ का मिलन चौधरी, प्रिन्स विक, रविन चौधरी, रिजन चौधरी, गुलसन थापा, विशाल शर्मा, श्याम चौधरी, युवराज चौधरी र सुमेन्द्र चौधरी तथा मध्यविन्दु नगरपालिका–१० का आदेश आले घाइते भएका छन् ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ मंसिर ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट