logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • ‘मेरो फोटो जलाउँदैमा गिरफ्तार गर्नुपर्दैन’ : प्रचण्ड

    925Shares
    ‘मेरो फोटो जलाउँदैमा गिरफ्तार गर्नुपर्दैन’ : प्रचण्ड

    काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो जलाएकै आधारमा गिरफ्तार गर्न उचित नहुने बताएका छन् ।

    उनले आइतबार अपराह्न सामाजिक सञ्जाल फेसबुकमार्फत् लोकतन्त्रमा विरोधका विभिन्न रूप हुने र फोटो जलाउँदैमा विरोध उचित नहुने बताएका हुन्। ‘लोकतन्त्रमा विरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन,’ प्रचण्डले भनेका छन्।

    ‘लोकतन्त्रमा विरोधका बिभिन्न रुप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन,’ प्रचण्डले भनेका छन् । प्रहरीले सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको फोटो जलाएको भन्दै निराजन बमलाई आइतबार पक्राउ गरेको थियो । राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव बमले शनिबार हेटौंडामा प्रचण्डको फोटो जलाएका थिए । यही सन्दर्भमा प्रचण्डले फोटो जलाउँदैमा पक्राउ गरिनु उचित नभएको प्रतिक्रिया दिएका छन् ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट