logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • एनपी: विराटनगरको लगातार दोस्रो हार

    925Shares
    एनपी: विराटनगरको लगातार दोस्रो हार

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा विराटनगर किङ्स ९२ रनमा अलआउट भएका छन् ।

    विराटनगर किङ्सले १६.१ ओभरको खेलमा १० विकेट गुमाएर ९२ रन मात्र बनाएका हुन् । सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गरेको हो । यो विराटनगरको लगातार दोस्रो हार हो । विराटनगरले पहिलो खेलमा जनकपुरसँग ८ विकेटको हार बेहोरेको थियो ।

    सुदूरपश्चिमले विराटनगरलाई १ सय ८३ रनको लक्ष्य दिएको थियो । सुदूरपश्चिम रोयल्सले २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ८३ रनको लक्ष्य दिएको थियो ।

    सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले ५७ रनको योगदान दिएका थिए । विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने सुदूरपश्चिमका मार्की खेलाडी र कप्तान दिपेन्द्रसिंह ऐरी हुन् ।

     



    फास्ट न्युज    
  • २०८१ मंसिर १८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट