logo

२०८३ मंसिर १३ शनिबार

logo
  • २०८३ मंसिर १३ शनिबार
  • कांग्रेस देउवा समूहले महाधिवेशनका लागि पाँच समिति गठन

    826Shares
    कांग्रेस देउवा समूहले महाधिवेशनका लागि पाँच समिति गठन

    काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५औँ केन्द्रीय महाधिवेशनको तयारीका लागि पाँचवटा समिति गठन गरेको छ ।

    महाधिवेशन मूल तयारी समितिको बैठकको निर्णयअनुसार संयोजक प्रा. डा. शशांक कोइरालाले विभिन्न समितिका संयोजक मनोनयन गरेका हुन् ।

    गठित समितिअनुसार प्रचारप्रसार समितिको संयोजकमा केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत, अतिथि सत्कार तथा समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एनपी साउद र प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत चयन भएका छन् ।

    त्यसैगरी, सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्कीलाई जिम्मेवारी दिइएको छ ।

    देउवा समूहले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ मंसिर १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट