logo

२०८३ मंसिर १३ शनिबार

logo
  • २०८३ मंसिर १३ शनिबार
  • राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेट, भारत भ्रमणबारे जानकारी

    766Shares
    राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेट, भारत भ्रमणबारे जानकारी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

    शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे जानकारी गराएका हुन् ।

    भेटका क्रममा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा समेत छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।



    फास्ट न्युज    
  • २०८३ मंसिर १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट