logo

२०८३ आश्विन १९ सोमबार

logo
  • २०८३ आश्विन १९ सोमबार
  • विराटनगरमा कांग्रेस वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट, एक जना पक्राउ

    862Shares
    विराटनगरमा कांग्रेस वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट, एक जना पक्राउ

    विराटनगर,  नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका–६ मा शुक्रबार मतदानका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ। विवादपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

    विराटनगर–६ स्थित भलबद्र सेवा समिति केसलियाको सभाहलमा नयाँ वडा नेतृत्व चयनका लागि मतदान भइरहेका बेला दुई पक्षबीच विवाद भएको हो। विवादले उग्र रूप लिएपछि कुटाकुट भएको प्रहरीले जनाएको छ।

    मोरङ प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार घटनामा संलग्न भएको आरोपमा मुस्लिम कोटाका क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर–६ निवासी इरसाद अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    कुटाकुटपछि केही समय रोकिएको मतदान प्रक्रिया पुनः सुरु भएको प्रहरीले जनाएको छ।

    वडा नेतृत्वमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न मतदान भइरहेको थियो। वडा सभापतिका लागि राम ढकाल र प्रकाश मण्डल ‘भोला’ पक्षले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन्।

    यसअघि पनि नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपरासीको सुनवल नगर अधिवेशनमा मतदान सुरु हुनुअघि विवाद चर्किएपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो। उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी मतदानको तयारी भइरहेका बेला कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल निर्वाचनस्थलमा प्रवेश गरेपछि विवाद बढेको बताइएको थियो।

    यता नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का कार्यवाहक सभापति चुमनारायण तवदारले भने वडा अधिवेशन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको दाबी गरेका छन्।



    फास्ट न्युज    
  • २०८३ आश्विन ९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट