logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • प्रविधि मैत्री बन्दै साकेला गाउपालिका, डिजिटल प्रविधि बाट नागरिकताको सिफारिस सुरु

    1.2KShares
    प्रविधि मैत्री बन्दै साकेला गाउपालिका, डिजिटल प्रविधि बाट नागरिकताको सिफारिस सुरु

    खोटाङ ,  खोटाङको साकेला गाउपालिका प्रविधि मैत्री बन्दै गैरहेको छ। स्थानिय नागरिकलाई सरल र सहज बनाउने भन्दै पछिल्लो समय नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणाली मार्फत सुरु गरेको छ।
    परम्परागत म्यानुअल प्रणालीमा गर्दै आएको नागरिकता सिफारिस अब अनलाइन प्रणाली मार्फत सुरु गरेको गाउपालिकाले जनाएको छ।
    गृह मन्त्रालय अन्तरगतको केन्द्रीकृत नागरिकता सुचना व्यवस्थापन प्रणाली मार्फत सेवा सुरु गरिएको पालिका अध्यक्ष रविप्रकाश राईले बताए ।
    अध्यक्ष राईले भने ” यस प्रणालीले नागरिकता सिफारिस र वितरण प्रक्रियामा पारदर्शिता, एकरूपता र समय बचत हुनेछ।”


    अबदेखि साकेलावासी सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा उपस्थित भएर निवेदन दिएपछि, वडा कार्यालयले सो विवरण अनलाइन प्रणालीमा प्रविष्ठ गरेर सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गर्नेछ ।

    यसरी प्रमाणित भएको कागजात अनलाईनमा प्रविष्ट हुनेछ, जसका आधारमा जिल्ला प्रशासन कार्यालय मार्फत नागरिकता प्रमाणपत्र प्रिन्ट गरी सेवाग्राहीलाई उपलब्ध गराइनेछ।

     



    फास्ट न्युज    
  • २०८२ मंसिर ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट