logo

२०८३ आश्विन १८ आईतवार

logo
  • २०८३ आश्विन १८ आईतवार
  • लालबकैया नदीमा तीन बालबालिका बेपत्ता, खोजी तीव्र:रबर बोटसहित सुरक्षाकर्मी परिचालन

    958Shares
    लालबकैया नदीमा तीन बालबालिका बेपत्ता, खोजी तीव्र:रबर बोटसहित सुरक्षाकर्मी परिचालन

        रौतहट । लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकाको खोजीका लागि सुरक्षाकर्मीले खोजी अभियान तीव्र बनाएका छन् । देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित नदीमा मंगलबार दिउँसो तीन बालबालिका डुबेर बेपत्ता भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको हो ।

    बेपत्ता हुनेमा स्थानीय शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्लाह, शेख खुरसेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसी अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन् ।

    स्थानीयका अनुसार उनीहरू मंगलबार दिउँसो करिब २ बजे लालबकैया नदीमा नुहाउन पसेका थिए । नुहाउने क्रममा तीनै जना पानीमा डुबेपछि बेपत्ता भएका हुन् ।

    घटनाको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी सुरक्षा बेस देवाहीबाट ७ जना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट ९ जनाको टोली तत्काल खोजी तथा उद्धारका लागि परिचालन गरिएको छ ।

    खोजी अभियानलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटबाट रबर बोटसहितको टोलीसमेत घटनास्थलमा परिचालन गरिएको छ । सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीका अनुसार सुरक्षाकर्मीले नदीको सम्भावित क्षेत्रमा खोजी गरिरहेका छन् ।

    तीन बालबालिका एकैपटक बेपत्ता भएपछि स्थानीयवासी पनि नदी किनारमा भेला भएका छन् । सुरक्षाकर्मीले नदीको पानी तथा आसपासका सम्भावित स्थानमा खोजी केन्द्रित गरेका छन् ।



    फास्ट न्युज    
  • २०८३ श्रावण २६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट