logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • हलेँसी दर्शन गरेर सिराहा फर्किँदै गरेको गाडी दुर्घटना-एकको मृत्यु, १६ यात्रु घाइते

    2.2KShares
    हलेँसी दर्शन गरेर सिराहा फर्किँदै गरेको गाडी दुर्घटना-एकको मृत्यु, १६ यात्रु घाइते

    खोटाङ । खोटाङको हलेसी दर्शन गरेर सिराहा फर्किँदै गरेको गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा परी १६ जना घाइते भएको प्रहरीले जनाएको छ । सिराहाको नरहा गाउँपालिका–५ ,३ र २ नम्बर वडाका १७ जना हलेसी दर्शन गरी फर्किँदै गरेको प्र २–०–१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडास्थित डौठे खोला नजिक दुर्घटनामा परेको हो ।

     

    दुर्घटनामा गम्भीर घाइते भएकी नरहा गाउँपालिका–३ कि ३६ वर्षीय ममतादेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार