logo

२०८२ जेष्ठ ४ शनिबार

logo
  • शनिबार, ४ जेष्ठ २०८२
  • साकेलाले शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै

    साकेलाले शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै

    2.3K
    SHARES
    साकेलाले शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै

    खोटाङको साकेला गाउँपालिकाले घुम्ति शिविर मार्फत सामाजिक सुरक्षा भत्ता बितरण सुरुगरेको छ ।
    नेपाल एसबिआई बैंकसँगको सहकार्यमा पालिकाले हरेक वडा कार्यालय र पायक पर्ने स्थान बाट सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । पालिकाले बिहीबारदेखि शिविरको आयोजना गरेर तेश्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।



    शिविरको पहिलो दिन उक्त गाउँपालिकाको वडा नम्बर १ बाट सञ्चालन गरिएको शिविर मार्फत ९० जना लाभग्राहीले सेवा लिदा ११ लाख २५ हजार रुपैंया रकम वितरण गरिएको सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङ राईले जानकारी दिनुभयो ।

    वडा नम्बर एकको चण्डेश्वरी आधारभूत विद्यालयबाट सुरु गरिएको शिविर, वैशाख २६ गते सम्म संञ्चालन गरिने छ ।
    भौगोलिक कठीनाईका कारण वृद्धवृद्धा तथा अशक्तहरु गाउँपालिकाको केन्द्रमा रहेको बैंकसम्म पुगेर भत्ता लिन नसक्ने देखिएपछि गाउँपालिकाले वर्षको तीन पटक हरेक वडामा घुम्ती शिविर राखेर भत्ता वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयाे । उहाले भन्नु भयो ‘भौगोलिक रुपमा टाढा र अफ्ठेरो बाटोका कारण वृद्ध वुवा आमा तथा अशक्त भएका नागरिकहरु भत्ता थाप्न कार्यलय सम्म आउन नसक्ने भएकाले सहज रुपमा भत्ता उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर राखेर घरगाउँमै सामाजिक सुरक्षा भत्ता वितरण गरेका हौ’

    टाढाटाढाका वडाबासी जेष्ठ नागरिकहरुलाई बैंकसम्म धाएर भत्ता लिन शारीरिक दुख र झण्झटिलो देखिएपछि लाभग्राहीलाई घरपायकमै सेवा दिने मनसायले शिविर राखेर भत्ता रकम वितरण गरिएको उहाँको भनाई छ ।


    फास्ट न्युज
  • मंगलबार, २५ बैशाख २०८१
  • सम्बन्धित समाचार