logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • भण्डारीलाई भावी अध्यक्ष बनाउनुपर्ने मत राख्दै आएका युवा संघका खरेललाई प्रदेश अध्यक्षबाट पदमुक्त

    1.5KShares
    भण्डारीलाई भावी अध्यक्ष बनाउनुपर्ने मत राख्दै आएका युवा संघका खरेललाई प्रदेश अध्यक्षबाट पदमुक्त

    का‍ठमाण्डौ।

    राष्ट्रिय युवा संघले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई पदमुक्त गरेको छ । सामाजिक सञ्जालमार्फत एमालेको भावी अध्यक्ष विद्या भण्डारीलाई बनाउनुपर्ने मत राख्दै आएका खरेललाई असार २५ मा महासचिव महेश चौलागाईले स्पष्टीकरण सोधेका थिए ।स्पष्टीकरणमा अध्यक्ष खरेलमाथि पोखरामा भएको महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै भौतिक रूपमा उपस्थित भएर स्पष्टीकरण दिन निर्देशन दिइएको थियो ।

    खरेलले भने आफूमाथि पूर्वाग्रही तरीकाले स्पष्टिकरण सोधिएको भन्दै भौतिकरूपमा उपस्थित नभई लिखित स्पष्टिकरण दिएका थिए । उनले स्पष्टीकरणको जवाफमा आफूले कसैलाई अभद्र व्यवहार नगरेको दावी परेका थिए । उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै महासचिव चौलागाईले उनलाई एकवर्षका लागि पदमुक्त गरेको पत्र पठाएका छन् ।

    उनले संगठनको बिधानको धारा ४१ तथा धारा ४२ ९क० र ९ख०को हवाला दिंदै संगठनका सबै जिम्मेवारीबाट पदमुक्तका साथै १ वर्षकालागि निलम्बन गरिएको उल्लेख गरेका छन् । निलम्बन पत्रमा साउन ९ गते पदाधिकारी बैठकले निलम्बन गरेको उल्लेख छ ।

    तर,एक पदाधिकारीका अनुसार युवा संघको पदाधिकारी बैठक साउन ९ मा बसेकै छैन् । ‘म क्षितिज थेवेकै प्यानलबाट जितेको मान्छे हुँ ।’एक पदाधिकारीले भने’बैठक बसेको बारे मलाई जानकारी भएन । म काठमाडौंमै छु ।बैठक बसेको भए मलाई जानकारी हुने थियो । बैठक बसेको छैन् ।’ लुम्बिनी प्रदेश अध्यक्षलाई निलम्बन गरिनु गलत भएको उनको भनाइ छ ।

    निलम्बनमा परेका खरेलले भने महाचिव चौलागाईले गरेको निलम्बन अस्विकार गर्ने जनाएका छन् । संगठनमा फरक मत राखेकै कारण हुँदैनभएका आरोप लगाएर निलम्बन गरिनु खेदजनक भएको भन्दै निलम्बनले आफूलाई कुनै फरक नपर्ने बताए । संगठनका गतिविधिलाई निरन्तरता दिइने उनको भनाइ छ । ‘मलाई गलत आरोप लगाएर निलम्बन गरिएको पत्र पठाइएको छ ।ञ उनले नेपाल प्रेससँग भने झनिलम्बन स्विकार्य हुँदैन । मैले संगठनका गतिविधि निरन्तर गर्छु ।’



    फास्ट न्युज    
  • २०८२ श्रावण १०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट