logo

२०८३ मंसिर १३ शनिबार

logo
  • २०८३ मंसिर १३ शनिबार
  • देउवा पक्षको सप्तरी सभापतिमा शत्रुधन यादव सर्वसम्मत निर्वाचित

    808Shares
    देउवा पक्षको सप्तरी सभापतिमा शत्रुधन यादव सर्वसम्मत निर्वाचित

    सप्तरी । नेपाली कांग्रेसको देउवा पक्षबाट सप्तरी जिल्ला सभापतिमा शत्रुधन यादव सर्वसम्मत निर्वाचित भएका छन्।
    ुुु)

    यसअघि नियमित जिल्ला अधिवेशनको संयोजक रहेका सुरेन्द्र यादवको सभापतित्वमा भएको कार्यक्रममा यादवलाई सर्वसम्मत सभापति घोषणा गरिएको थियो।
    कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले नवनिर्वाचित सभापति यादवलाई खादा तथा माला लगाएर बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

    कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका संयोजक एवं पूर्वकोषाध्यक्ष पद्मनारायण चौधरी, केन्द्रीय सदस्यहरू सीता देवकोटा र किरण पौड्याल, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, नेपाली कांग्रेस खोटाङका सभापति रोजन राई, बागमती प्रदेशका पूर्वमन्त्री श्याम खड्का, कांग्रेसका युवा नेता भरत गुरुङ, नेपाल विद्यार्थी संघका पूर्वसहमहामन्त्री तथा महासमिति सदस्य प्रेप राज जोशी र महासमिति सदस्य सञ्जय यादव लगायतको उपस्थिति रहेको थियो।



    फास्ट न्युज    
  • २०८३ मंसिर १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट