logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • खोटाङमा ३,९८५ नयाँ मतदाता थपिए

    1.1KShares
    खोटाङमा ३,९८५ नयाँ मतदाता थपिए

    खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानमा खोटाङ जिल्लाबाट तीन हजार ९८५ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

    जेनजी आन्दोलनपछि बनेको सरकारले दिएको निर्देशनअनुसार निर्वाचन आयोगले गत असोज ९ गतेदेखि देशभर सुरु गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानअन्तर्गत खोटाङमा एक हजार ९२३ महिला र दुई हजार ६२ पुरुष मतदाता थपिएका छन्।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार नयाँ दर्ता भएका मतदातामध्ये अधिकांश युवा छन्। विशेषगरी १६ देखि २५ वर्ष उमेर समूहका युवाको सहभागिता बढी देखिएको कार्यालयले जनाएको छ।

    मंसिर ५ गतेसम्म थपिएका मतदातामध्ये एक हजार २०३ जनाले कार्यालयमै उपस्थित भएर नाम दर्ता गराएका छन् भने दुई हजार ७८२ जनाले राष्ट्रिय परिचयपत्रका आधारमा फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गराएका छन्। उक्त जानकारी जिल्ला निर्वाचन कार्यालयका प्रमुख रविन मगरले दिएका हुन्।

    यसअघि जिल्लामा कायम रहेका एक लाख ४४ हजार ४२९ मतदातामध्ये ८१० जनाले अन्तर जिल्ला मतदान केन्द्र कायम गरिदिन निवेदन दिएका छन्। साथै, नयाँ मतदाता दर्ताका लागि २७० जनाले फाराम भरे पनि बायोमेट्रिक प्रक्रिया पूरा गर्न कार्यालय नआएको निर्वाचन कार्यालयले जनाएको छ। – रासस



    फास्ट न्युज    
  • २०८२ मंसिर ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट