logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • खेर जाने अन्नले पनि कसैको जीवन बचाउन सक्छ

    997Shares
    खेर जाने अन्नले पनि कसैको जीवन बचाउन सक्छ

    आज पनि नेपालमा लाखौं र विश्वमा करोडौं मानिसहरु छन्, जसले दुई छाक खाना खान पाउंदैनन् । जो गरिबीको रेखा मुनी छन् र अति विपन्न छन् ।

    नेपालमा आज पनि हरेक होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, भान्सा घर, भोज भतेर, पिकनिक र पार्टीहरुमा मानिसहरुले खाना फ्याकेर खानेकुराहरु प्रशस्त बर्बाद गरि रहेका छन्, जसले लाखौं मानिसलाई दुई छाक खाना खान पुग्छ ।

    यसैले हामीले खाना जथाभावि फ्याक्न छोड्यौं र ति अन्नहरु खाना नपाएका गरिबहरुको चुल्होमा पुर्याउन सक्यौ भने भोकले गर्दा असंख्य मानिसहरु अस्वस्थ्य हुने थिएनन् र मर्ने थिएनन् ।

    तपांई धनी हुनुहुन्छ तर तपांईको शान खाना जथाभावी फ्यालेर बढदैन, बरु गरिब मानिसहरुलाई खाना खाने राम्रो र उचित प्रबन्ध गरेर तपांईको वैभव बढछ । तपांईको सानो त्याग कसैको सामान्य जीवनको बांच्ने आधार हुन सक्छ । तपांईको फराकिलो सोंचले सबैलाई दुई छाक खाना खाने अन्न दिलाउन सक्छ । नेपाल सरकारले संसदबाट कडा भन्दा कडा कानून बनाएर जथाभावी खाना फ्याक्ने कार्यलाई निरुत्साहित गर्नु पर्छ । जसले जथाभावी खाना फ्याक्छ, उसलाई २० गुणा बढी जरिवाना र अनिवार्यरुपमा तीन दिन भोको बस्नु पर्ने कडा सजायको व्यवस्था कानूनमा गर्नु पर्छ ।

    सरकारको आवश्यकता ऐश्वर्य, शक्ति र सामर्थ्य भएकाहरुलाई भन्दा बढी विपन्न, अभाव, गरिबी, विभेद, भोक र अन्यायमा बांच्न विवश भएकाहरुलाई हुन्छ ।

    नेपाल सरकारले देशमा सरकार भएको वास्तविक अनुभूति सदैव दिलाउनु पर्छ ताकि कुनै पनि बालबालिका, वृद्ध वृद्धा र मानिसहरुले बाध्यताले जीवनमा कहिल्यै पनि खानाको अभाव भोग्नु नपरोस् र भोको पेट बांच्नु विवश हुनु नपरोस् ।

    नेपाल सरकारले संसदबाट कडा भन्दा कडा कानून बनाएर जथाभावी खाना फ्याक्ने कार्यलाई निरुत्साहित गर्नु पर्छ । जसले जथाभावी खाना फ्याक्छ, उसलाई २० गुणा बढी जरिवाना र अनिवार्यरुपमा तीन दिन भोको बस्नु पर्ने कडा सजायको व्यवस्था कानूनमा गर्नु पर्छ ।

    मानौं कुनै व्यक्तिले २५० रुपैया बराबरको खाना जथाभावी फ्याक्यो भने उसलाई २० गुणा बढी अर्थात् ५,०००/- रुपैया जरिबाना गर्ने र कसैले एक हजार रुपैया बराबरको खाना फ्याकेमा उसलाई २०,०००/- रुपैया बराबर जरिवाना गर्ने कडा कानून ल्याउनु पर्छ ।

    जसले एक लाख रुपैया भन्दा बढीको खाना जथाभावी फ्याक्छ, उसलाई पच्चिस गुणा बढी जरिवाना र पांच दिन भोको पेट अनिवार्यरुपमा बस्नु पर्ने कडा कानून ल्याउनु पर्छ ।

    जसले पांच लाख रूपैया भन्दा बढीको खाना जथाभावी फ्याक्छ, उसलाई तिस गुणा बढी जरिवाना र सात दिन भोको पेट अनिवार्यरुपमा बस्नु पर्ने कडा कानून ल्याउनु पर्छ ।

    यस्तो कडा कानूनी व्यवस्थाले मानिसलाई आर्थिक दण्ड मात्रै दिदैन, यसको साथसाथै भोको बस्नुको मानसिक र शारिरिक पीडाको अनुभूति पनि दिलाउछ । गरिबहरुले कसरी भोकभोकै बांचेका रहेछन् भन्ने पीडासंग साक्षात्कर गर्ने सुनौलो अवसर पनि दिन्छ र सुध्रिने मौका पनि जुराउछ ।

    यि सबै जरिवानाको रकम गरिबहरुलाई खाना खुवाउने कार्यमा खर्च गर्नु पर्छ ।

    मानिसहरु अत्याधिक भोको केवल आर्थिक अभावको कारणले मात्र भएका होईनन् , बढी भन्दा बढी मानिसहरुले धेरै मात्रामा खानेकुराहरु जथाभावी फ्याकेको कारणले पनि भएका छन्



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट