logo

२०८३ भाद्र २६ शुक्रबार

logo
  • २०८३ भाद्र २६ शुक्रबार
  • भक्तपुरमा ६० ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण, कालोबजारीमा दुई पक्राउ

    703Shares
    भक्तपुरमा ६० ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण, कालोबजारीमा दुई पक्राउ

    भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ गरिएको अनुगमनका क्रममा ब्याङ्क्वेटमा राखिएका ती सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको हो ।

    ब्याङ्क्वेट सञ्चालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकाले चितवन पुगेर बिहीबार मात्रै ग्यास ल्याएको जानकारी गराएका थिए । स्थानीय प्रशासनको अनुरोधपछि आवश्यक परेका सर्वसाधारणलाई ग्यास वितरण गरिएको उनले बताए ।

    यसैबीच, जिल्ला प्रहरीले ग्यास कालोबजारी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–२ इटाछेबाट १४ वटा सगर ग्यास सिलिन्डरसहित ४१ वर्षीय राजेश कर्मचार्य पक्राउ परेका छन् ।

    त्यस्तै, सूर्यविनायक नगरपालिका–३ ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साह पनि पक्राउ परेका छन् । सर्लाहीको बरहथवा नगरपालिका–७ का साहले प्रतिसिलिन्डर २ हजार ८०० रुपैयाँमा ग्यास बिक्री गर्दै आएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    प्रहरीले साहको पसलबाट ७५ वटा हिमाल ग्यासका सिलिन्डरसमेत जफत गरेको जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट