logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा

    1KShares
    वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा

    काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा नवीनतम प्रविधिको विकासमा केन्द्रित अन्तरसरकारकी निकाय ‘एसिया प्यासिफिक टेलिकम्युनिटी’ (एपीटी) को बैठकका लागि उनीहरु भेला भएका हुन् । एपीटीको ३४ औं वायरलेस ग्रुप (एडब्डुजी-३४) बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको हो ।

    नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको आतिथ्यमा आयोजना भएको बैठकमा भर्चुअल र अनलाइन गरी कुल ४ सय सहभागी भएका छन् । काठमाडौंमा मात्रै २ सयभन्दा बढी प्रत्यक्ष रूपमा सहभागी भएका छन् । आगामी अप्रिल ४ सम्म चल्ने बैठकमा डिजिटल युगसँगसम्बन्धित वायरलेस प्रणालीका विभिन्न पक्षमा छलफल गरिने छ । बैठकमा विद्यमान कार्यक्रमको अध्ययन, प्रगतिको समीक्षा र नयाँ कार्यसूची प्रस्ताव एवं छलफल गर्ने कार्यसूची रहेको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट