काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ । मोहनप्रसादको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया