logo

२०८३ कार्तिक १८ मंगलवार

logo
  • २०८३ कार्तिक १८ मंगलवार
  • थाइल्यान्डलाई ९ विकेटले हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा प्रवेश

    742Shares
    थाइल्यान्डलाई ९ विकेटले हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा प्रवेश

    काठमाडौं । थाइल्यान्डमा जारी महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा आयोजक थाइल्यान्ड ‘ए’ लाई ९ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

    टर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्ड ‘ए’ ले १५.४ ओभरमा सबै विकेट गुमाउँदै १९ रन मात्रै बनाउन सक्यो । उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । थान्चानोक फुप्लुकले बनाएको चार रन टोलीका लागि सर्वाधिक व्यक्तिगत स्कोर रह्यो ।

    थाइल्यान्डका पाँच खेलाडी शून्य रनमा आउट भए भने ६ खेलाडीले मात्रै रन बनाउन सके । टोलीले बनाएको कुल १९ रनमध्ये ब्याटरको योगदान १२ रन र अतिरिक्तबाट सात रन रहेको थियो ।

    नेपालका लागि आरती विडारीले सर्वाधिक तीन विकेट लिइन् । सरिता मगर र इन्दु बर्माले समान दुई–दुई विकेट हात पारे ।

    २० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ३.३ ओभरमै एक विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । नेपालका लागि ममता चौधरीले आठ रन बनाइन् भने नेरी थापा पाँच र डोली भट्ट दुई रनमा अविजित रहे ।

    समूह चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै चारवटै खेलमा जित हासिल गरेको छ । यसअघि नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले र तेस्रो खेलमा यूएईलाई पनि ६ विकेटले पराजित गरेको थियो ।

    चार खेलमा शतप्रतिशत जित निकाल्दै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रहन सफल भएको हो ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक १८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट