logo

२०८३ कार्तिक १८ मंगलवार

logo
  • २०८३ कार्तिक १८ मंगलवार
  • दसौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि कर्णाली तयार : मन्त्री पोखरेल

    757Shares
    दसौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि कर्णाली तयार : मन्त्री पोखरेल

    काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश पूर्ण रूपमा तयार हुँदै गएको बताएका छन् ।

    सुर्खेत पुगेर निर्माणाधीन रंगशाला तथा विभिन्न खेल पूर्वाधारको स्थलगत अवलोकन गरेपछि मन्त्री पोखरेलले प्रतियोगिता आयोजनाबारे आश्वस्त रहन आग्रह गरेका हुन् ।

    अवलोकनका क्रममा उनले आयोजक, स्थानीय पदाधिकारी तथा सरोकारवालासँग पूर्वाधार निर्माणको प्रगति र बाँकी कामबारे छलफल गरेका थिए । निरन्तरको प्रयास र आपसी संवादले निर्माण कार्यलाई गति दिएको उल्लेख गर्दै उनले रंगशाला तथा अन्य खेल संरचनाहरू क्रमशः तयार हुँदै गएको बताए ।

    मन्त्री पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब ३० दिन मात्र बाँकी रहेको घोषणा गर्दै प्रतियोगिताको काउन्टडाउन सुरु भएको जानकारी दिए । लामो समयदेखि विभिन्न कारणले रोकिँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णाली प्रदेशको खेल क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत उनले व्यक्त गरे ।

    सुर्खेत भ्रमणका क्रममा मन्त्री पोखरेलले आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकासमन्त्री जीतबहादुर मल्लसँग पनि भेटवार्ता गरेका थिए । भेटमा प्रतियोगिताको तयारी, खेल पूर्वाधार निर्माणको अवस्था तथा बाँकी काम समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको थियो ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक १८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट