logo

२०८३ असार २२ सोमबार

logo
  • २०८३ असार २२ सोमबार
  • ब्राजिललाई स्तब्ध पार्दै नर्वे क्वार्टरफाइनलमा, हालान्ड बने नायक

    865Shares
    ब्राजिललाई स्तब्ध पार्दै नर्वे क्वार्टरफाइनलमा, हालान्ड बने नायक

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को रोमाञ्चक प्रतिस्पर्धामा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गर्दै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। न्यूयोर्क/न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार राति सम्पन्न खेलमा एर्लिङ हालान्डले दुई गोल गर्दै नर्वेको ऐतिहासिक जितका नायक बने।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ब्राजिलले सुरुमै अग्रता लिने सुनौलो अवसर गुमाएको थियो। १३औँ मिनेटमा प्राप्त पेनाल्टीमा ब्रुनो गुइमाराएसको प्रहार नर्वेका गोलकिपर ओर्जान नाइल्यान्डले शानदार बचाउ गर्दै टोलीलाई संकटबाट जोगाए। त्यसपछि ब्राजिलले लगातार आक्रमण बुने पनि नाइल्यान्डको उत्कृष्ट प्रदर्शन र नर्वेको अनुशासित रक्षापङ्क्ति अगाडि गोल गर्न असफल रह्यो।

    दोस्रो हाफमा पनि ब्राजिलले बलमा नियन्त्रण कायम राखे पनि नर्वेले धैर्यपूर्वक अवसरको प्रतीक्षा गरिरह्यो। खेलको ७९औँ मिनेटमा आन्द्रेयास स्केल्डेरुपको उत्कृष्ट क्रसमा एर्लिङ हालान्डले शक्तिशाली हेडमार्फत गोल गर्दै नर्वेलाई १–० को अग्रता दिलाए।

    गोल खाएपछि दबाबमा परेको ब्राजिल बराबरीको खोजीमा अघि बढ्दा रक्षापङ्क्ति खुला हुन पुग्यो। त्यसको फाइदा उठाउँदै ९०औँ मिनेटमा स्केल्डेरुपकै पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको अग्रता दोब्बर बनाए।

    इन्जुरी समयको अन्तिम क्षण (९०+१०) मा ब्राजिलले पेनाल्टी प्राप्त गर्‍यो। मैदान प्रवेश गरेका नेमारले पेनाल्टीलाई सहजै गोलमा परिणत गर्दै अन्तर २–१ मा झारे पनि त्यसपछि थप समय बाँकी नरहेकाले ब्राजिल पुनरागमन गर्न सकेन।

    हालान्डको दुई गोल र नाइल्यान्डको महत्वपूर्ण पेनाल्टी बचाउ नर्वेको ऐतिहासिक जितका मुख्य आधार बने। यससँगै हालान्ड प्रतियोगिताको गोल्डेन बुट दौडमा पनि शीर्ष स्थानमा उक्लिएका छन्।

    ब्राजिलले खेलभर अधिक अवसर सिर्जना गरे पनि फिनिसिङमा निराशाजनक प्रदर्शन गर्‍यो। पहिलो हाफमा पेनाल्टी गुमाउनु र दोस्रो हाफमा सिर्जना भएका अवसर सदुपयोग गर्न नसक्नु ब्राजिलका लागि महँगो सावित भयो।

    विपरीत, नर्वेले अनुशासित रक्षात्मक रणनीति, प्रभावकारी काउन्टर आक्रमण र हालान्डको क्लिनिकल फिनिसिङमार्फत खेल आफ्नो पक्षमा पार्‍यो। गोलकिपर ओर्जान नाइल्यान्डले गरेका महत्वपूर्ण बचाउले ब्राजिललाई लामो समयसम्म गोलविहीन राख्यो भने स्केल्डेरुपले दुवै गोलमा असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरे।

    यस ऐतिहासिक जितसँगै नर्वे विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने ब्राजिलको छैटौं विश्वकप उपाधि जित्ने सपना अन्तिम १६ मै समाप्त भएको छ।



    फास्ट न्युज    
  • २०८३ असार २२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट