logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • एन्फा महिला लिगमा दुई खेल : चन्द्रपुर र कर्णाली तथा एपीएफ र नेपाल पुलिस भिड्दै

    एन्फा महिला लिगमा दुई खेल : चन्द्रपुर र कर्णाली तथा एपीएफ र नेपाल पुलिस भिड्दै

    520
    SHARES
    एन्फा महिला लिगमा दुई खेल : चन्द्रपुर र कर्णाली तथा एपीएफ र नेपाल पुलिस भिड्दै

    काठमाडौं– एन्फा राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आज चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश तथा एपीएफ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।



    आज पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले खेल्नेछन् । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

    चन्द्रपुरलाई एन्फाले सिधै लिग खेल्ने अवसर दिएको हो भने कर्णाली प्रदेश छनोट प्रतियोगिताबाट आएको हो ।

    यस्तै, दोस्रो खेलमा एपीएफ र नेपाल पुलिस क्बलबीच प्रतिस्पर्धा हुनेछ । खेल अपराह्न सवा ४ बजे सोही मैदानमा हुनेछ ।

    लिगमा एपीएफ एफसी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा एफसी र बागमती युथ क्लब गरी १० टिम सहभागी छन् ।


    फास्ट न्युज
  • मंगलबार, १८ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट