logo

२०८३ आश्विन २४ शनिबार

logo
  • २०८३ आश्विन २४ शनिबार
  • एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध पक्राउ पुर्जी जारी

    718Shares
    एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको ठुलो आर्थिक अनियमितता, ठगी र खेल मिलेमतो प्रकरणमा जोडिएका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ  । जिल्ला अदालत ललितपुरकी न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले दुवै जना शीर्ष पदाधिकारीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरीलाई आदेश दिएको हो  ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एन्फाको जर्सी तथा खेल सामग्री खरिद, विश्वकप छनोट खेलको टिकट बिक्री र बहराइन फुटबल एसोसिएसनबाट प्राप्त हुनुपर्ने रकम अपचलन भएको भन्दै लामो समयदेखि अनुसन्धान गरिरहेको थियो  । सोही अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले बिहीबार अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको थियो  । नेम्वाङ र राई फेला नपरेपछि उनीहरूलाई फरार प्रतिवादीका रूपमा प्रस्तुत गरिएको थियो, जसमा अदालतले पक्राउ पुर्जीको आदेश दिएको हो ।

    कोषाध्यक्ष र लेखा अधिकृतलाई धरौटी आदेश
    यसै मुद्दामा सीआईबीद्वारा केही दिनअघि पक्राउ परेका एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । थुनछेक बहसपछि अदालतले कोषाध्यक्ष जोशीलाई १५ लाख रुपैयाँ र लेखा अधिकृत पाण्डेलाई १२ लाख रुपैयाँ धरौटी बुझाएर छुट्न आदेश दिएको अदालतका स्रेस्तेदार भेषराज कोइरालाले जानकारी दिए  । प्रतिवादीहरूमाथि ९३ लाख रुपैयाँभन्दा बढी बिगो असुल गरी एन्फालाई भराउन मागदाबी गरिएको छ  ।



    फास्ट न्युज    
  • २०८३ आश्विन २४, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट