logo

२०८३ श्रावण २२ शुक्रबार

logo
  • २०८३ श्रावण २२ शुक्रबार
  • पुस ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसिप फागुन दोस्रो साता

    1.1KShares
    पुस ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसिप फागुन दोस्रो साता

    काठमाडौं –स्पोट्र्स संघ नेपाल (इशान) को वार्षिक क्यालेन्डर अनुसार दोस्रो ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसिप आगामी फागुन दोस्रो साता हुने भएको छ ।

    संघले शुक्रबार राजधानीको एलफ्ट होटलमा पत्रकार सम्मेलन गर्दै दोस्रो ई–स्पोट्र्स च्याम्पियनसिप आगामी फागन ८ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुने जानकारी गराएको हो ।
    च्याम्पियनसिपमा ई–फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई–स्पोर्टको ६ विधा समावेश गरिएको इशानका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।
    प्रतियोगिताको छनोट चरणका खेलहरु अनलाईनबाट हुनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक रुपमा काठमाडौंको दशरथ रंगशालमा हुने इशानले जनाएको छ ।
    अन्तिम चरणमा ई फुटबलमा ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पब्जीमा १६ टिम, मोबाइल लेजेण्ड्समा २, डोटा टू र भ्यालोरेन्टमा पनि ४–४ खेलाडी अन्तिम चरणमा सहभागि हुनेछन् ।
    इशानले प्रतियोगिताको म्यानेजमेन्ट र मार्केटिङका लागि सप्लाई अनलिमेटेडकासँगै तीन वर्षको सम्झौता गरेको छ । सम्झौता अनुसार स्पलाई अनलिमेटेड अन्तर्गत रहेको नेपाल प्लेजले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र बजारीकरण गर्नेछ ।



    फास्ट न्युज    
  • २०८१ पुष १९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट