logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • एनपीएल: लुम्बिनीलाई १० विकेटले हराउँदै पाेखराकाे पहिलाे जीत

    970Shares
    एनपीएल: लुम्बिनीलाई १० विकेटले हराउँदै पाेखराकाे पहिलाे जीत

    काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पाेखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएकाे छ ।लुम्बिनीले दिएकाे १ सय ७१ रनकाे लक्ष्य पाेखराले एक विकेट पनि नगुमाई १९ बलअघि नै भेटायाे । पाेखराका आन्द्रेस गाैसले कीर्तिमानी शतक बनाए । एनपीएलमा पहिलाे शतक बनाउने क्रममा आन्द्रेसले ५५ बलमा ५ छक्का र १२ चाैकाकाे मद्दतमा १ सय ४ रन जाेडे । अमेरिकी ब्याटर आन्द्रेस एनपीएलमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । उनले २० बलमै अधर्शतक बनाए । यस्तै पाेखराका दिनेश खरेलले ६१ रन बनाए ।

    एनपीएलमा यो पहिलो विकेटका लागि पहिलो शतकीय साझेदारी पनि हाे । यस्तै आन्द्रेस र दिनेशबीच एनपीएलकै उच्च रनकाे साझेदारी भएकाे छ । यसअघि उद्घाटन खेलमा जनकपुर बोल्ट्सका लाहिरु मिलान्था र हर्ष ठाकरले विराटनगर किङ्ग्ससँगकाे खेलमा तेस्रो विकेटका लागि नटआउट १ सय १६ रनको साझेदारी गरेका थिए ।यस्तै पोखराले पावरप्लेमा ८० रन जोड्दै सर्वाधिक रनको कीर्तिमान पनि बनाएकाे छ । यसअघि जनकपुर बाेल्ट्सले कर्णाली याक्ससँगकाे खेलमा पावरप्लेमा कुनै विकेट नगुमाई ५६ रन बनाएकाे थियाे ।

    यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनायो । लुम्बिनीका कप्तान रोहित पौडेलले ९५ रन बनाए । ५९ बल खेलेका रोहितले ४ छक्का र १० चौका प्रहार गरे । यस्तै टस मूर्सले ४५ रन बनाए । पोखराका विपिन खत्रीले २ विकेट लिए । ेसँगै पाेखराले प्रतियाेगितामा पहिलाे जीत हात पारेकाे छ । पाेखराले यसअघि लगातार दुई खेल हारेकाे थियाे । लुम्बिनीले भने लगातार दाेस्राे हार बेहाेरेकाे छ ।एनपीएलमा भाेलि पहिलाे खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम राेयल्स तथा दाेस्राे खेलमा दिउँसाे १ बजे कर्णाली याक्स र विराटनगर किङ्ग्स खेल्दैछन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २१, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट