logo

२०८३ श्रावण ५ मंगलवार

logo
  • २०८३ श्रावण ५ मंगलवार
  • फिफा महिला बरियतामा नेपालले फड्को मार्र्यो

    1.3KShares
    फिफा महिला बरियतामा नेपालले फड्को मार्र्यो

    काठमाडौं।अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाको पछिल्लो वरीयतामा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले ठूलो फड्को मारेको छ।नेपाल अगस्ट २०२५ को वरीयतामा १३ स्थान उक्लदै ८७औं स्थानमा आइपुगेको छ।

    अघिल्लो महिना नेपाल सयौं स्थानमा थियो।यसअघि नेपालको उच्च वरीयता २०१७ मा ९१औं स्थानको थियो।

    दक्षिण एसियाको शीर्ष टोली भारत सात स्थान माथि उक्लदै ६३औं स्थानमा आइपुगेको छ। नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा रहदा बंगलतदेश तेस्रो स्थानमा छ। एसियाको वरीयतामा भारत १२औं स्थनमा छ भने नेपाल १६औं स्थानमा परेको छ ।

    बंगलादेशले भने २४ स्थान फड्को मारेको छ। यो महिना बंगलादेश सबैभन्दा ठूलो फड्को मार्ने महिला टोली बन्यो।नेपाल एसियन कपमा छनोट हुन असफल हुँदा भारत र बंगलादेशले एसियन कपमा स्थन पक्का गरेका थिए।

    दक्षिण एसियामा पाकिस्तान १५४ श्रीलंका १६१ र भुटान १६३औं स्थानमा छन्भने माल्दिभ्स १६५औं स्थानमा रहेको छ।



    फास्ट न्युज    
  • २०८२ श्रावण २२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट