logo

२०८३ कार्तिक १८ मंगलवार

logo
  • २०८३ कार्तिक १८ मंगलवार
  • नेपाली कम्युनिस्ट पार्टी र नेकपाबीच एकता गर्ने १० बुँदे सहमति

    745Shares
    नेपाली कम्युनिस्ट पार्टी र नेकपाबीच एकता गर्ने १० बुँदे सहमति

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । मंगलबार दुई पार्टीबीच कम्युनिस्ट आन्दोलनको एकीकरण प्रक्रिया अघि बढाउन १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

    सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय तथा आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्न बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण आवश्यक रहेको उल्लेख गरिएको छ ।

    सहमतिअनुसार एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ भने नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहनेछ । त्यस्तै, पार्टीको तत्कालीन कार्यनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरणमार्फत समाजवादको आधार तयार गर्ने विषय समेटिएको छ ।

    दुई पार्टीबीचको सहमतिमा आन्दोलन मूलतः शान्तिपूर्ण हुने उल्लेख छ । यद्यपि, समय र परिस्थितिअनुसार आन्दोलनका सबै स्वरूप प्रयोग गर्न सकिने तथा सडक, संसद् र सरकारलगायत सबै मोर्चालाई आन्दोलनका रूपमा उपयोग गर्ने सहमति भएको छ ।

    एकता राष्ट्रिय महाधिवेशन आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आयोजना गरिनेछ । त्यसअघि केन्द्रीय समिति, केन्द्रीय कार्य समिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायमा आपसी सहमतिका आधारमा संगठनात्मक समायोजन गरिनेछ ।

    त्यस्तै, पार्टीका सबै तहका समिति तथा जनसंगठनमा पनि सहमतिका आधारमा एकता र समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ । यस्तो संगठनात्मक समायोजनको काम आगामी मंसिर मसान्तभित्र सम्पन्न गरिसक्ने सहमति भएको छ ।

    दुई पार्टीबीचको एकता सहमतिले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्तिका लागि साझा राजनीतिक तथा संगठनात्मक आधार तयार गर्ने उद्देश्य राखेको छ ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक १८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट