logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • ‘कांग्रेस संस्थापन पक्षले सहमतिका लागि पठाएको सात बुँदे प्रस्ताव हल्ला मात्रै’

    736Shares
    ‘कांग्रेस संस्थापन पक्षले सहमतिका लागि पठाएको सात बुँदे प्रस्ताव हल्ला मात्रै’

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको सचिवालयले संस्थापन पक्षबाट सहमतिका लागि कुनै पनि प्रस्ताव नआएको स्पष्ट पारेको छ । बाहिर चर्चामा आएजस्तो संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने दाबीमा कुनै सत्यता नभएको सचिवालयले जनाएको हो ।

    डा. कोइरालाको सचिवालयले एक प्रेस नोट जारी गर्दै उक्त हल्लालाई ‘मनगढन्ते, कपोलकल्पित र भ्रामक’ भन्दै त्यस्तो सूचनाको भ्रममा नपर्न पार्टी पंक्ति र आम नागरिकलाई आग्रह गरेको छ । उक्त प्रस्तावबारे नेता कोइराला र उनको सचिवालयलाई अहिलेसम्म कतैबाट पनि कुनै जानकारी प्राप्त नभएको स्पष्ट पारिएको छ ।

    पार्टीको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपश्चात संस्थापन र इतर समूहबीच खासै संवाद हुन नसकेको सचिवालयको दाबी छ । महाधिवेशनपछि नेता कोइराला र नेताद्वय प्रदीप पौडेल तथा कांग्रेस सभापति गगन थापाबीच मात्र दुई पटक भेटवार्ता भएको सचिवालयले कार्यतालिकासहित सार्वजनिक गरेको छ ।

    सचिवालयका अनुसार गत २०८२ चैत २२ गते प्रदीप पौडेल र २०८३ वैशाख २२ गते सभापति गगन थापाले नेता कोइरालालाई उनको विशालनगरस्थित सचिवालयमै पुगेर भेटेका थिए ।  विशेष महाधिवेशनपछि कांग्रेसभित्र नयाँ समीकरणको कसरत भइरहेका बेला इतर समूहको यो स्पष्टीकरणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

     



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट