logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकले निकाले ‘नेपाल प्राइड परेड’

    1KShares
    काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकले निकाले ‘नेपाल प्राइड परेड’

    काठमाडौं । काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले सातौ ‘नेपाल प्राइड परेड’ निकालेका छन् । शनिबार संघीय राजधानीको शान्ति बाटिकाबाट सुरू भएको गौरव र्‍याली नक्सालको नारायणचौरमा समापन गरिएको थियो । क्वायर युथ ग्रुप र क्वायर राइट कलेक्टिभको आयोजनामा परेड भएको हो । यात्रामा सहभागीहरुले आफ्नो पहिचान गलत हैन भन्दै विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    अङ्ग्रेजी पात्रोअनुसार जुन महिनालाई ‘प्राइड मन्थ’ अर्थात् ‘गौरवको महिना’ मानिन्छ र यो महिनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुले विभिन्न कार्यक्रम आयोजना गर्छन् । यसै महिना विश्वभर गौरव यात्रा अर्थात प्राइड परेड आयोजना गरिन्छ । सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दङ्गापछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले गौरव यात्रा मनाउँदै आएका छन् ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ३१, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट