logo

२०८३ भाद्र ३ बुधबार

logo
  • २०८३ भाद्र ३ बुधबार
  • मिस नेपाल २०२६ : दीपमाला ढकालले जितिन् मुख्य ताज, कशिस र आर्या पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छनोट

    817Shares
    मिस नेपाल २०२६ : दीपमाला ढकालले जितिन् मुख्य ताज, कशिस र आर्या पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छनोट

    काठमाण्लडाै । लितपुरस्थित द प्लाजामा शनिबार सम्पन्न मिस नेपाल २०२६ को ग्रान्ड फिनालेबाट तीन नेपाली प्रतिभाले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्।

    प्रतियोगितामा दीपमाला ढकालले मिस नेपाल २०२६ को मुख्य उपाधि जित्दै ताज पहिरिएकी छन्। उनले २३ प्रतिस्पर्धीलाई पछि पार्दै निर्णायकमण्डलको मूल्याङ्कन, प्रस्तुति तथा विभिन्न प्रतिस्पर्धात्मक चरणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा पारिन्।

    त्यस्तै, कशिस सुब्बा मिस नेपाल कस्मो २०२६ घोषित भइन् भने आर्या निशातले मिस नेपाल इन्टरनेशनल २०२६ को उपाधि जितिन्। यी दुवैले सम्बन्धित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

    आयोजकका अनुसार प्रतियोगितामा व्यक्तित्व, आत्मविश्वास, सञ्चार क्षमता, प्रस्तुति र समसामयिक विषयमा प्रतिस्पर्धीहरूको बुझाइलाई आधार बनाएर मूल्याङ्कन गरिएको थियो।

    मिस नेपाल प्रतियोगिता नेपालमा हरेक वर्ष आयोजना हुने प्रतिष्ठित सौन्दर्य तथा व्यक्तित्व विकाससम्बन्धी प्रतियोगितामध्ये एक मानिन्छ। यसले युवतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण १६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट