logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • गोर्खा वेलफेरको ३ करोड सहयोगमा साकेलामा नमुना विद्यालय बन्दै

    1.3KShares
    गोर्खा वेलफेरको ३ करोड सहयोगमा साकेलामा नमुना विद्यालय बन्दै

    खोटाङ। ब्रिटिश गोर्खा कल्याणकारी संघ (ब्रिटिश गोर्खा वेलफेयर) नेपालले खोटाङको साकेलास्थित सरस्वती माध्यमिक विद्यालयलाई करिब ३ करोड रुपैयाँ अनुदानमा नमुना विद्यालय भवन निर्माण गरिदिने भएको छ।

    वेलफेयरको सहयोगमा बन्न लागेको १२ कोठे सुविधासम्पन् भवनको शुक्रबार साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई र उपाध्यक्ष बिर्सिका राईले संयुक्त रूपमा शिलान्यास गरेका छन्। अध्यक्ष राईका अनुसार ४ सय विद्यार्थी अध्ययनरत सो विद्यालयलाई उत्कृष्ट नमूना विद्यालयका रूपमा विकास गर्न भवन निर्माण महत्त्वपूर्ण हुनेछ।

    करिब २ करोड ८५ लाख रुपैयाँ लागतमा निर्माण गरिने भवन १८ महिनाभित्र तयार हुनेछ। यसमा ब्रिटिश गोर्खा वेलफेयरले २ करोड ५७ लाख ३२ हजार रुपैयाँ अनुदान प्रदान गर्नेछ भने स्थानीय समुदायले जनश्रमदानबाट २८ लाख १५ हजार रुपैयाँ योगदान दिनेछन्।

    ब्रिटिश सेनामा लामो समय सेवा गरेका र हाल साकेला गाउँपालिकाका अध्यक्ष रहेका रविप्रकाश राईले गोर्खा वेलफेयरसँग विकास योजनाका लागि लगातार पहल गर्दै आएका राईको सक्रियताले विद्यालय भवन निर्माण योजना अनुमोदन भएको हो। यो भवन ब्रिटिश गोर्खा वेलफेयरद्वारा देशभर छनोट गरिएका पाँच ठूला परियोजनामध्ये एक हो।


    वडा अध्यक्ष जीवन न्यौपानेका अनुसार, भवन निर्माण गर्दा ६ कोठे अपांगमैत्री र महिलामैत्री शौचालय, फोहोरमैला व्यवस्थापन स्थान, शुद्ध खानेपानीको धारा र ट्याङ्कीसमेत निर्माण गरिनेछ। ६० जोर नयाँ डेक्स बेञ्च लगायत थप सामग्रीहरू उपलब्ध गराइने छन्। यो भवनले विद्यालयको पूर्वतर्फको पुराना संरचनालाई प्रतिस्थापन गर्नेछ। अध्यक्ष न्यौपानेका अनुसार, निर्माण कार्य २०८२ असार १४ भित्र सम्पन्न गरिने सम्झौता भएको छ।

     



    फास्ट न्युज    
  • २०८१ मंसिर २४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट