logo

२०८३ असार १३ शनिबार

logo
  • २०८३ असार १३ शनिबार
  • यादवशेन राई एमालेमा प्रवेश, जिल्ला कमिटी सदस्यको जिम्मेवारी

    1.2KShares
    यादवशेन राई एमालेमा प्रवेश, जिल्ला कमिटी सदस्यको जिम्मेवारी

    खोटाङ ।  तत्कालीन नेकपा (एकीकृत समाजवादी) दिक्तेल रूपाकोट मझुवागढी नगर कमिटीका अध्यक्ष यादवशेन राई नेकपा (एमाले)मा प्रवेश गरेका छन्। एमाले जिल्ला कमिटी खोटाङको दशौँ पूर्ण बैठकका अवसरमा उनलाई पार्टीमा स्वागत गर्दै जिल्ला कमिटी सदस्यको जिम्मेवारी समेत प्रदान गरिएको छ।                       पार्टी प्रवेशपछि राईले देशको विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि एमाले उपयुक्त पार्टी भएकाले आफू एमालेमा समाहित भएको बताएका छन्। उनले पार्टीले दिएको जिम्मेवारी इमानदारी, निष्ठा र सक्रियतापूर्वक निर्वाह गर्दै संगठन सुदृढीकरण र जनसेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
    राईको पार्टी प्रवेशबारे नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा जनवर्गीय संगठन विभाग प्रमुख विशाल भट्टराई ले जानकारी दिएका छन्।

    उनका अनुसार राईको प्रवेशले खोटाङमा एमाले संगठन थप सुदृढ र मजबुत बन्ने विश्वास गरिएको छ।


    यसैबीच, एमाले जिल्ला कमिटी खोटाङको दशौँ पूर्ण बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू समेत गरेको छ। बैठकले आजदेखि जिल्लाभर ‘मिसन जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो। अभियानअन्तर्गत जिल्लाका सबै १० वटै स्थानीय तहमा केन्द्रीय प्रतिनिधिको नेतृत्वमा संगठनात्मक गतिविधि सञ्चालन गरिने जनाइएको छ।
    अभियानलाई प्रभावकारी र सफल बनाउन प्रत्येक पालिकामा सहायक प्रतिनिधिसमेत तोकिएको एमाले जिल्ला कमिटीले जनाएको छ। संगठन विस्तार, पार्टीको आधार सुदृढीकरण तथा जनतासँग प्रत्यक्ष संवादलाई अभियानको मुख्य उद्देश्य बनाइएको एमालेको भनाइ छ।



    फास्ट न्युज    
  • २०८३ असार १३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट