logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

    868Shares
    पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

    फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।

    पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा मदिरा बेच्न तथा सेवनमा निषेध गरेको हो । तीर्थयात्रीको सुरक्षा र स्वास्थ्यलाई दृष्टिगत गरी मदिरा निषेध गरिएको जनाइएको छ ।

    पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको सेवन,ओसारपसार र बिक्री पूर्ण रूपमा निषेध गरिएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षसँग समितिले आग्रह पनि गरेको छ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख ७, शुक्रबार ०६:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार