logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • दिरुम नगरका वडा अध्यक्ष चौहान पक्राउ

    1.3KShares
    दिरुम नगरका वडा अध्यक्ष चौहान पक्राउ

    खोटाङ । मादक पदार्थ सेवन गरि अर्काको ढोका तोडफोड गर्ने एकजना वडा अध्यक्ष पक्राउ परेको छ।

    खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का खड्ग खत्रीको घरको ढोका हानेर तोडफोड गरेको आरोपमा सोही नगरपालिका वुवालुङ -८ का वडाध्यक्ष लिलाकुमार चौहान आइतबार साँझ पक्राउ परेका हुन्।

    मादक पदार्थ सेवन गरी लठ्ठ अवस्थामा रहेका वडाध्यक्ष चौहानले खत्रीको घरको ढोका हानेको र खत्रीकी श्रीमती तथा सोही घरमा काेठा बस्दै आएका भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्राविधिक एटसन दाहाललाई हेल्मेटले प्रहार गरेको आरोप स्थानीयले लगाएका छन्।
    घटनापछि स्थानीयले वडाध्यक्ष चौहानलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए।

    पक्राउ परेका चौहानलाई  प्रहरी हिरासतमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
    वडाध्यक्ष चौहान एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

     



    फास्ट न्युज    
  • २०८२ पुष २१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट