logo

२०८३ आश्विन २० मंगलवार

logo
  • २०८३ आश्विन २० मंगलवार
  • गगन नेतृत्वको महाधिवेशनमा सहभागी नहुने खोटाङका कांग्रेस नेता निरौला दम्पतीको घोषणा

    976Shares
    गगन नेतृत्वको महाधिवेशनमा सहभागी नहुने खोटाङका कांग्रेस नेता निरौला दम्पतीको घोषणा

    खोटाङ । नेपाली कांग्रेस खोटाङका ज्येष्ठ नेता तथा महासमिति सदस्य पदम निरौलाले सभापति गगन थापाको नेतृत्वमा हुने महाधिवेशनमा आफू सहभागी नहुने घोषणा गरेका छन्। उनकी पत्नीसमेतले पार्टीका आगामी अधिवेशन प्रक्रियामा सहभागी नहुने बताएका छन्।

    निरौलाले पार्टी सभापति शेरबहादुर देउवा सहभागी नभएको महाधिवेशनमा आफूहरू सहभागी नहुने स्पष्ट पारेका हुन्। उनले आफूलाई नसोधी क्षेत्रीय प्रतिनिधि बनाइएको भन्दै त्यसअघि नै वडा र पालिका तहका अधिवेशनमा सहभागी नभएको बताएका छन्। यही कारण आगामी १० गते हुने क्षेत्रीय अधिवेशनमा समेत दम्पती नै सहभागी नहुने उनको भनाइ छ।

    निरौलाले आफ्नो असन्तुष्टि व्यक्त गर्दै ‘रङबिनाको चिया र देउवा–कोइरालाबिनाको कांग्रेस फिक्का हुन्छ’ भन्ने टिप्पणी गरेका छन्। उनको यो अभिव्यक्ति कांग्रेसभित्र नेतृत्व परिवर्तनसँगै देखिएको आन्तरिक असन्तुष्टितर्फ संकेतका रूपमा आएको छ।

    लामो समय शिक्षण पेशामा रहेर खोटाङको कांग्रेस राजनीतिमा सक्रिय निरौला जिल्लाका ज्येष्ठ कांग्रेस नेतामध्येका एक हुन्। उनी माओवादी द्वन्द्वका क्रममा प्रभावित भएका कांग्रेस नेताका रूपमा पनि परिचित छन्।

    निरौला दम्पतीले अधिवेशन प्रक्रियामै सहभागी नहुने निर्णय गरेसँगै खोटाङ कांग्रेसभित्र नेतृत्व र अधिवेशनको विषयलाई लिएर रहेको असन्तुष्टि थप सतहमा आएको देखिन्छ। यद्यपि, उनीहरूको निर्णयलाई व्यक्तिगत राजनीतिक धारणा र स्थानीय संगठनात्मक असन्तुष्टिका रूपमा लिनुपर्ने हुन्छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन ९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट