logo

२०८३ भाद्र ६ शनिबार

logo
  • २०८३ भाद्र ६ शनिबार
  • धनकुटामा १९ नेताको सामूहिक बहिर्गमन, गगन थापाको नेतृत्वलाई अर्को चुनौती

    979Shares
    धनकुटामा १९ नेताको सामूहिक बहिर्गमन, गगन थापाको नेतृत्वलाई अर्को चुनौती

      धनकुटा। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी नेतृत्व सम्हालेपछि संगठनलाई एकताबद्ध बनाउने र नयाँ ऊर्जा दिने प्रतिबद्धता व्यक्त गरिरहेका बेला धनकुटामा १९ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। यस घटनाले कांग्रेसभित्रको असन्तुष्टि अझै समाधान हुन नसकेको संकेत गरेको छ।

    महाधिवेशन प्रतिनिधि तथा पूर्व संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जनाले सभापति गगन थापालाई सम्बोधन गर्दै पार्टी त्यागको घोषणा गरेका हुन्। पार्टी छाड्नेमा कोशी प्रदेश सदस्य मीना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राईलगायत रहेका छन्।

    उनीहरूले पार्टीभित्र वैचारिक मतभेद चुलिएको, निर्णय प्रक्रियामा निष्पक्षता नरहेको तथा इमान्दार कार्यकर्ताले काम गर्ने वातावरण समाप्त भएको उल्लेख गर्दै कांग्रेसमा बसिरहनुको औचित्य नरहेको निष्कर्ष निकालेका छन्।

    धनकुटामा प्रभावशाली नेताहरूको एकैपटक बहिर्गमनलाई स्थानीय संगठनका लागि ठूलो क्षतिका रूपमा हेरिएको छ। नेतृत्व परिवर्तनपछि कार्यकर्ता पंक्तिमा देखिएको असन्तुष्टि व्यवस्थापन गर्न नसकेको भन्दै कांग्रेस नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ।

    यद्यपि पार्टी परित्याग गरेका नेताहरूले आफ्नो आगामी राजनीतिक यात्राबारे औपचारिक निर्णय सार्वजनिक गरेका छैनन्। उनीहरू हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध हुन सक्ने चर्चा भने राजनीतिक वृत्तमा भइरहेको छ।

    धनकुटाको यो घटनाले नेतृत्व परिवर्तन मात्रले संगठनभित्रको असन्तुष्टि अन्त्य नहुने सन्देश दिएको छ। अब पार्टीभित्रको आन्तरिक एकता कायम राख्ने, कार्यकर्ताको विश्वास जोगाउने र संगठनलाई पुनः सक्रिय बनाउने चुनौती कांग्रेस नेतृत्वका सामु थपिएको देखिन्छ।



    फास्ट न्युज    
  • २०८३ असार २१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट