logo

२०८३ आश्विन २ शुक्रबार

logo
  • २०८३ आश्विन २ शुक्रबार
  • खोटाङमा कांग्रेसको १५औँ महाधिवेशन तयारी : संस्थापन इतर पक्षको संयोजकमा रोजन राई

    1.1KShares
    खोटाङमा कांग्रेसको १५औँ महाधिवेशन तयारी : संस्थापन इतर पक्षको संयोजकमा रोजन राई

    खोटाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने तयारी तीव्र भइरहेका बेला खोटाङमा संस्थापन इतर पक्षको जिल्ला संयोजकको जिम्मेवारी रोजन राईले पाएका छन्।
    शेरबहादुर देउवा पक्षको तर्फबाट महाधिवेशन संयोजन गरिरहेका डा. शशांक कोइरालाले बिहीबार राईलाई खोटाङ जिल्लाको संयोजकको जिम्मेवारी प्रदान गरेका हुन्। राईले जिल्लामा पार्टीको अधिवेशनसम्बन्धी समन्वय तथा आवश्यक संगठनात्मक कामको नेतृत्व गर्नेछन्।
    नेपाली कांग्रेस खोटाङका वर्तमान पार्टी प्रवक्ता तथा अनुशासन समिति संयोजकसमेत रहेका राई जिल्लामा प्रभावशाली नेताका रूपमा परिचित छन्। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका राईले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललगायतका भ्रातृ संगठनमा केन्द्रीय नेतृत्वको जिम्मेवारी सम्हालिसकेका छन्। उनी १२औँ महाधिवेशनकै क्रममा केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत बनेका थिए।
    राई संस्थापन इतर पक्षमा खुलेर जिम्मेवारीमा आउनुलाई खोटाङ कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ। स्थानीय कांग्रेस नेताकार्यकर्ताका अनुसार राईको साथ इतर पक्षमा रहनुले खोटाङमा गगन थापा पक्षको संगठनात्मक समीकरणमा प्रभाव पार्न सक्ने देखिन्छ। यद्यपि, यसलाई लिएर पार्टीभित्र फरक–फरक राजनीतिक विश्लेषणसमेत भइरहेका छन्।

    यसैबीच, कोशी प्रदेशका महामन्त्री तथा पूर्वमन्त्री भूपेन्द्र राईले पनि खोटाङमा डा. शशांक कोइरालालाई साथ दिएका छन्। भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्रीका रूपमा रहँदा भूपेन्द्र राईले जिल्लामा गरेको विकास निर्माण तथा जनमुखी कामलाई कार्यकर्ता तथा स्थानीयवासीले सकारात्मक रूपमा लिने गरेको कांग्रेस नेताहरूको दाबी छ।
    रोजन राई र भूपेन्द्र राई दुवैको साथ संस्थापन इतर पक्षमा देखिएपछि आगामी १५औँ महाधिवेशनका लागि खोटाङ कांग्रेसभित्रको राजनीतिक समीकरण थप रोचक बनेको छ। अब जिल्ला अधिवेशनको तयारी, प्रतिनिधि चयन र नेतृत्वका लागि हुने आन्तरिक प्रतिस्पर्धाले खोटाङ कांग्रेसको आगामी शक्ति–सन्तुलन निर्धारण गर्ने देखिन्छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट