logo

२०८३ आश्विन २२ बिहीबार

logo
  • २०८३ आश्विन २२ बिहीबार
  • कोशीमा एमालेभित्र शक्ति संघर्ष चर्कियो, आफ्नै मुख्यमन्त्रीलाई राजीनामाको दबाब

    949Shares
    कोशीमा एमालेभित्र शक्ति संघर्ष चर्कियो, आफ्नै मुख्यमन्त्रीलाई राजीनामाको दबाब

      काठमाडौं । कोशी प्रदेश सरकार पुनर्गठनको बहसले नेकपा एमालेभित्रै शक्ति संघर्ष सतहमा आएको छ। पार्टीका प्रदेश इन्चार्ज शेरधन राईले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्न आग्रह गरेपछि एमालेभित्र नेतृत्व परिवर्तनको रस्साकस्सी खुलेर देखिएको हो।

    स्रोतका अनुसार बेलायत भ्रमणबाट फर्किएलगत्तै विराटनगर पुगेका राईले प्रदेशसभा सदस्यहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए। त्यसक्रममा उनले पार्टी अध्यक्षको निर्देशनअनुसार सरकार पुनर्गठन गर्न मुख्यमन्त्री कार्कीले पद छाड्नुपर्ने सन्देश दिएका हुन्।

    राईले पनि केन्द्रको नीति नै कोशीमा नेतृत्व परिवर्तन गर्ने रहेको स्वीकार गरेका छन्। उनका अनुसार सरकार पुनर्गठनबारे अन्तिम निर्णय चाँडै हुने सम्भावना छ।

    तर मुख्यमन्त्री कार्की भने नेतृत्व परिवर्तनको पक्षमा देखिएका छैनन्। एमालेकै नेतृत्वमा सरकार चलिरहेका बेला कुनै स्पष्ट संस्थागत निर्णयबिनै मुख्यमन्त्री फेर्दा गलत राजनीतिक सन्देश जाने उनको तर्क छ। उनले पार्टीको औपचारिक निर्णयबिना आफूले पद नछाड्ने अडान दोहोर्याएका छन्।

    कोशी सरकार संविधानको धारा १६८(५) अनुसार गठन भएकाले नेतृत्व परिवर्तन सामान्य प्रक्रिया जस्तो सहज छैन। यस्तो अवस्थामा मुख्यमन्त्रीले स्वेच्छाले राजीनामा नदिए नयाँ सरकार गठन गर्न संवैधानिक तथा राजनीतिक जटिलता उत्पन्न हुने देखिएको छ।

    एमाले स्रोतका अनुसार नेतृत्व परिवर्तन भए हिक्मतकुमार कार्कीको स्थानमा तिलकुमार मेन्याङ्वोलाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको छ। यसका लागि पार्टीभित्र आवश्यक समर्थन जुटाउने प्रयास पनि तीव्र पारिएको बताइएको छ।

    यसरी कोशी प्रदेशमा सरकार पुनर्गठनको विषय सत्ता साझेदारीभन्दा पनि एमालेभित्रको नेतृत्व संघर्ष र केन्द्र–प्रदेशबीचको शक्ति सन्तुलनको परीक्षणका रूपमा विकसित हुन थालेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण १७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट