logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • उपनिर्वाचनः इलाममा बिहान साढे ७ बजेदेखि मतगणना

    940Shares
    उपनिर्वाचनः इलाममा बिहान साढे ७ बजेदेखि मतगणना

    इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज  (आइतबार) बिहान साढे ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए ।

    इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र ९सिटी हल०मा मतगणना गरिनेछ । मतदान केन्द्रबाट त्यहाँ मतपेटिका ल्याइएको छ । उपनिर्वाचनअन्तर्गत इलाम–२ मा शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान भएको थियो । यहाँ करिब ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

    इलाम–२ मा १९ उमेदवार चुनावी मैदानमा छन् । उनीहरूमध्येबाट एकजना प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनेछन् । यहाँको कुल मतदाता संख्या एक लाख १५ हजार ८८९ हो ।



    फास्ट न्युज    
  • २०८१ बैशाख १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार