logo

२०८३ श्रावण १९ मंगलवार

logo
  • २०८३ श्रावण १९ मंगलवार
  • कप्तानगञ्ज घटनामा समाधान खोज्दै सरकार, गृहमन्त्री र मृतक रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु

    718Shares
    कप्तानगञ्ज घटनामा समाधान खोज्दै सरकार, गृहमन्त्री र मृतक रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु

    काठमाडौं — सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न तनाव समाधानका लागि सरकार र पीडित परिवारबीच प्रत्यक्ष संवाद सुरु भएको छ। उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वार्ता सुरु भएको हो।

    रविन्द्र मेहता साउन १० गते राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएका थिए। उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा निधन भएपछि परिवारले शव नबुझ्ने अडान लिँदै गृहमन्त्रीलाई अस्पतालमै बोलाएर आफ्ना माग सुन्न आग्रह गरेको थियो।

    त्यसपछि गृहमन्त्री गुरुङ शिक्षण अस्पताल पुगेर मेहताका परिवारसँग छलफलमा बसेका हुन्। वार्तामा पीडित परिवारका माग, घटनाको छानबिन, न्यायको सुनिश्चितता तथा पछिल्लो अवस्थाबारे छलफल भइरहेको स्रोतले जनाएको छ।

    यसअघि गृहमन्त्री गुरुङले गृहमन्त्रालयमा हिन्दु र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। दुवै समुदायका प्रतिनिधिसँग भएको छलफलमा पछिल्ला दिनमा देशका विभिन्न स्थानमा देखिएको तनाव, शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा विवाद समाधानका उपायबारे विचारविमर्श भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

    सरकारले एकातर्फ समुदायबीच संवादलाई निरन्तरता दिँदै आएको र अर्कोतर्फ पीडित परिवारसँग प्रत्यक्ष वार्ता थालेपछि कप्तानगञ्ज घटनाको समाधान संवादमार्फत खोज्ने प्रयास थप तीव्र बनेको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण १९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट