खोटाङ । नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङको ८औँ अधिवेशनबाट अध्यक्षमा चिसाङ शेर्पासहित ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।
२०८३ भदौ २६ गते सम्पन्न अधिवेशनले शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अधिवेशनबाट उपाध्यक्षमा कृष्णकला राई र एनिसा राई, सचिवमा सुनिल श्रेष्ठ तथा सहसचिवमा योगिन राई निर्वाचित भएका छन्।
त्यस्तै, कोषाध्यक्षमा ममता राई र सहायकमा मनोज आचार्य सर्वसम्मत चयन भएका छन्।
कार्यसमितिका सदस्यहरुमा मनोज आचार्य दिनराज कार्की, पदम हिङमाङ, मिलन आचार्य र एल्जिना राई चयन भएका छन्।
अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएसँगै प्रेस युनियन खोटाङको आगामी कार्यकालका लागि नेतृत्वको टुंगो लागेको हो।
नवनिर्वाचित अध्यक्ष चिसाङ शेर्पासहित सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई प्रेस युनियन खोटाङको ८औँ अधिवेशन तथा ११औँ साधारण सभाको सफलताको शुभकामना व्यक्त गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया