logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • त्रिवि शिक्षण अस्पतालले माग्यो ३२ जना नर्स (विज्ञापनसहित)

    1KShares
    त्रिवि शिक्षण अस्पतालले माग्यो ३२ जना नर्स (विज्ञापनसहित)

    काठमाडौं। त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान शिक्षण अस्पतालले ३२ जना स्टाफ नर्सका लागि दरखास्त माग गरेको छ।

    हाललाई ३२ जना लिइने भएपनि पछि रिक्त रहेको दरबन्दीमा आवश्यकता अनुसार यही योग्यताक्रम अनुसार पदपूर्ति गर्न सकिने बताइएको छ ।

    अस्पतालले आज गोरखापत्र दैनिकमा एक सुचना सार्वजनिक गर्दै स्टाफ नर्सको अस्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागेको हो । हाललाई ३२ जना लिइने भएपनि पछि रिक्त रहेको दरबन्दीमा आवश्यकता अनुसार यही योग्यताक्रम अनुसार पदपूर्ति गर्न सकिने अस्पतालले जनाएको छ।

    त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको भएको हुनुपर्नेछ। दरखास्त मिति नियमित आगामी २५ गते र डबल दस्तुर तिरेर २९ गतेसम्म रहेको छ। दरखास्त दस्तुर १ हजार ५०० सय रुपैयाँ तोकिएको छ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार