logo

२०८३ असार १३ शनिबार

logo
  • २०८३ असार १३ शनिबार
  • डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा

    838Shares
    डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा

    काठमाडौँ, १३ असारः उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को विजेताका रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

    अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न समूह चरणको अन्तिम खेलमा फ्रान्सले प्रभावशाली प्रदर्शन गर्दै लगातार तेस्रो जित दर्ता गर्‍यो। यसअघि फ्रान्सले सेनेगललाई ३–१ तथा इराकलाई ३–० ले हराएको थियो।

    फ्रान्सका लागि डेम्बेलेले पहिलो हाफमै ह्याट्रिक पूरा गरे। उनले खेलको सातौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने २०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। त्यसको एक मिनेटपछि नर्वेका थेलो आसगार्डले गोल फर्काउँदै अन्तर घटाए। तर ३२औँ मिनेटमा डेम्बेलेले पुनः गोल गर्दै ह्याट्रिक पूरा गरे र फ्रान्सलाई ३–१ को मजबुत अग्रता दिलाए।

    दोस्रो हाफमा नर्वेका योर्गन स्ट्रान्ड लार्सनले पेनाल्टीमा गोल गरे पनि फ्रान्सले खेलमाथिको नियन्त्रण कायम राख्यो। अतिरिक्त समयमा डिजायर डोएले गोल थपेपछि फ्रान्सले ४–१ को सहज जित निकाल्यो।

    यस हारका बाबजुद २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वे समूह उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्न सफल भयो।

    आजै भएको अर्को खेलमा सेनेगलले इराकलाई ५–० ले हरायो। समूह ‘आई’ मा फ्रान्सले नौ अङ्क जोड्दै शीर्ष स्थान हासिल गर्दा नर्वेले छ अङ्कसहित दोस्रो स्थान सुरक्षित गर्‍यो। सेनेगलले तीन अङ्क जोड्दा इराक भने अङ्कविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो।



    फास्ट न्युज    
  • २०८३ असार १३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट