logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • एनपीएलमा चितवन राइनोजले काठमाण्डौ गुर्खाजलाई हरायो

    964Shares
    एनपीएलमा चितवन राइनोजले काठमाण्डौ गुर्खाजलाई हरायो

    काठमाण्डाैं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले काठमाण्डौ गुर्खाजलाई ५ विकेटले हराएको छ ।

    कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा काठमाण्डौले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो । चितवनका सन्तोष कार्कीले २८ र विदेशी खेलाडी लुक बेनकेनस्टाइनले सर्वाधिक २२ रन बनाए । काठमाण्डौ गुर्खाजका शाहब आलमले सर्वाधिक ३ विकेट लिए । यस्तै गेहरार्ड इरस्मस र डान डाैथवेटले १/१ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे काठमाण्डौले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो । काठमाण्डाैका सुमित महर्जनले सर्वाधिक २९, माइकल लेभिटले २५ र डान डाैथवेटले १९ रन बनाए । चितवनका विदेशी खेलाडी सोहेल तनभिरले सर्वाधिक ५ विकेट लिए । यस्तै रिजन ढकाल, कुशल मल्ल, अमर राउटेला र लुक बेनकेन्स्टाइनले १/१ विकेट लिए ।

    एनपीएलमा आजै दिउँसो सवा १ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सले खेल्दैछन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट