logo

२०८३ आश्विन २२ बिहीबार

logo
  • २०८३ आश्विन २२ बिहीबार
  • दवाङ लेकमा पहिरोको त्रासदी : दुई महिलाको ज्यान गयो, एक पुरुष घाइते

    955Shares
    दवाङ लेकमा पहिरोको त्रासदी : दुई महिलाको ज्यान गयो, एक पुरुष घाइते

    रोल्पा । सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शनिबार गएको पहिरोले दुई महिलाको ज्यान लिएको छ भने एक पुरुष घाइते भएका छन्।

    गाईबाख्रा चराउन गएका स्थानीय ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगर पहिरोमा पुरिएका थिए। स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा साँझ दुवै जनाको शव पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

    पहिरोमा परी ६० वर्षीय कुले घर्ती मगर घाइते भएका छन्। उनको उद्धार गरी उपचारका लागि सेरम स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी पंचकुमार बाखुले जानकारी दिए।

    पहिरोमा चारवटा बाख्रा र दुईवटा गाईसमेत पुरिएका थिए। प्रहरीले स्थानीयवासीको सहयोगमा ती चौपायालाई समेत बाहिर निकालेको जनाएको छ।

    यस घटनाले ग्रामीण क्षेत्रमा वर्षायामसँगै बढ्ने पहिरोको जोखिम र स्थानीय बासिन्दाको सुरक्षामाथि पुनः गम्भीर प्रश्न उठाएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण १०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट