धनगढी । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । यो संगै शाहको मुख्यमन्त्रीको नियुक्ति दोस्रो पटक भएको छ।
नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आइतबार साँझ नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीबाट हटेको चार महिनामै शाह सत्तामा फर्किएका हुन् । २६ माघ २०७९ मा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । केन्द्रमा गठबन्धन फेरिएपछि शाह पनि अठ्यारोमा परे ।
माओवादीले समर्थन फिर्ता लिएपछि उनले नाउपा र साना दलको समर्थनमा सरकार जोगाउन खोजे । एकपछि अर्को प्रयास असफल भएपछि २२ चैत २०८० मा राजीनामा दिए । उनलाई ६ वैशाखमा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले मुख्यमन्त्री पदमा विस्थापित गरेका थिए ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd