logo

२०८३ श्रावण १० आईतवार

logo
  • २०८३ श्रावण १० आईतवार
  • डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढीमा, आजदेखि औपचारिक संवाद उपशीर्षक:

    718Shares
    डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढीमा, आजदेखि औपचारिक संवाद  उपशीर्षक:

    काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले थालेको पहलअन्तर्गत आज वार्ता समितिका अन्य सदस्यहरू पनि धनगढी पुगेर औपचारिक संवाद सुरु गर्ने तयारीमा छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेल भने हिजो नै धनगढी पुगेर डा. केसीसँग प्रारम्भिक भेटवार्ता गरेका थिए।

    सरकारले संवादमार्फत डा. केसीका मागबारे सहमति खोज्ने प्रयास गरिरहेको छ। हिजो भएको प्रारम्भिक छलफलपछि आज वार्ता समितिको पूर्ण टोलीले डा. केसी पक्षसँग विस्तृत वार्ता गर्ने तयारी गरेको हो।

    यसअघि स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि डा. केसीलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था अझै चिन्ताजनक छ। बोल्न र हिँडडुल गर्नसमेत कठिनाइ भइरहेको अस्पतालले जनाएको छ।

    अस्पतालका अनुसार डा. केसीले आमरण अनसनलाई निरन्तरता दिँदै सुगरको मात्रा सन्तुलनमा राख्न दिइने स्लाइन तथा अन्य चिकित्सकीय उपचारसमेत लिन अस्वीकार गरिरहेका छन्। उनको स्वास्थ्य अवस्थाको निगरानीका लागि चार सदस्यीय चिकित्सक टोली २४सै घण्टा खटिएको छ।

    डा. केसीले शिक्षा तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न माग राख्दै धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट आमरण अनसन सुरु गरेका हुन्। स्वास्थ्य अवस्था थप जटिल बन्दै जाँदा सरकार र डा. केसी पक्षबीच आज हुने वार्तालाई चासोका साथ हेरिएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण १०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट