logo

२०८३ भाद्र २० शनिबार

logo
  • २०८३ भाद्र २० शनिबार
  • महन्थ ठाकुरको पेसमेकर सफलतापूर्वक प्रतिस्थापन, स्वास्थ्य अवस्था सामान्य

    712Shares
    महन्थ ठाकुरको पेसमेकर सफलतापूर्वक प्रतिस्थापन, स्वास्थ्य अवस्था सामान्य

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक तथा राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरको मुटुको पेसमेकर सफलतापूर्वक प्रतिस्थापन गरिएको छ।

    काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ठाकुरको पेसमेकर प्रतिस्थापन गरिएको जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले जानकारी दिएका छन्। यसअघि ठाकुरले भारतस्थित एक अस्पतालमा पेसमेकर जडान गराएका थिए।

    पेसमेकर प्रतिस्थापनपछि ठाकुरको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्। उपचार सफल भएपछि उनलाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको महासचिव झाले बताए।

    ठाकुरको स्वास्थ्य अवस्थाबारे जानकारी लिन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका नेताहरू अस्पताल पुगेका थिए। यादवसँगै महासचिव प्रकाश अधिकारी, सचिव शैलेन्द्र साह र केन्द्रीय सदस्य भुवनेश्वर चौधरीलगायत नेताहरूले अस्पताल पुगेर ठाकुरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

    त्यसैगरी राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जसपा नेपालका सहअध्यक्ष शरदसिंह भण्डारी तथा नेता मृगेन्द्रकुमार सिंह यादवले पनि आज अस्पताल पुगेर ठाकुरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

    पेसमेकर प्रतिस्थापन सफल भएसँगै ठाकुरको स्वास्थ्यमा तत्काल कुनै गम्भीर समस्या नरहेको चिकित्सकहरूले बताएका छन्।



    फास्ट न्युज    
  • २०८३ भाद्र २०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट